गोरु संरक्षणका लागि कृषकलाई प्रोत्साहन
सिन्धुपाल्चोक | माघ ५, २०७९
सिन्धुपाल्चोक: गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ ।
नगरप्रमुख बालकृष्ण बस्नेतले वडा नम्बर १ देखि ९ सम्म ७७६ कृषकले गोरुपालन गरेकोले उनीहरूलाई प्रोत्साहन गर्न प्रति किसान १० हजारका दरले नगद अनुदान दिन सुरु गरिएको जानकारी दिनु भयो । पछिल्लो समय खेतबारी जोत्न ट्याक्टर भित्रिदैं गएको र गोरु पाल्ने किसान घट्दै गएकोले गोरु पाल्नका लागि प्रोत्साहन दिने अभियान सुरु गरेको प्रमुख बस्नेतले थप्नु भएको छ । गोरुको बीमा गर्दे प्रोत्साहन अभियान तीन दिन भित्र सक्ने जनाइएको छ ।
उक्त नगरपालिकामा ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । तर अधिकांश कृषकले गोरु पाल्न छाडेर डिजेलबाट चल्ने ट्याक्टर प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटता र खेतबारीमा गहिराई खन्न नसक्ने ट्याक्टर उपयोगी नभएको भन्दै नगरले गोरुपालनलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन दिन थालेको छ । वडा नम्बर ९ का कृषक शिव प्रसाद तिमल्सिनाले नगरपालिकाको प्रोत्साहनले किसानलाई कृषि पेसामा ऊर्जा थपिएको सुनाउनु भयो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

